कृषि क्षेत्रमा देशमा नयाँ प्रयोगको थालनी सुरु भएको छ। गण्डकी प्रदेशले प्रादेशिक रुपमा पर्यटकीय विकासका माध्यमबाट समृद्धिको थालनी गर्ने सरकारी घोषणा भन्दा पहिले नै गण्डकीका किसानहरुले कृषि पर्यटनका माध्यमबाट समृद्धिको यात्रा सूरु गरेका छन्। पर्यटकीय बजारका लागि चाहिने मसालाबालीको खेति गर्ने प्रायोगिक अनुसन्धान गर्दै आएका छन्।
पर्यटन बजारमा खपत हुने मसाला बालीको स्थानीय उत्पादनको सम्भावनाको खोजी गर्ने किसानहरुले थालनी गरेका कृषि अनुसन्धान प्रयासहरु हाल नमुना कृषि फार्मका रुपमा विकास हुन थालेका छन्। पोखराको बेगनास ताल परिधी क्षेत्रमा स्थानीय सूर्यमोहन बास्तोलाले सूरु गरेको मरीच फार्म नै गण्डकीको पहिलो मरीच फार्म हुन पुगेको छ।