करिव ३० बर्ष अगाडी दार्जिलिङबाट २ बोट मरीचका बेर्ना ल्याएर मरीच खेतीको सुरुवात गरेका सुर्य मोहन बास्तोलाको कृषि फार्ममा हाल साना ठुला गरेर झण्डै १५० मरीचका बोट रहेका छन ।
पर्माकल्चर कृषि प्रणाली बिज्ञ समेत रहेका किसान सुर्य मोहन बास्तोलाले पर्माकल्चर कृषि अभ्यासकै अमृत कुञ्ज अर्गानिक पर्माकल्चर फार्म सञ्चालन गर्दै प्रत्येक बर्ष झन्डै १५० देखि २०० किलो सम्म सुकेको मरीच उत्पादन गर्दै आएका छन् ।
बास्तोलाको अमृत कुन्ज अर्गानिक पर्माकल्चर फार्मको अनुभवका आधारमा खस्रो बोक्राहुने रुखहरु जस्तै आँप, कलकी, फलेदो , साल, बकाइनो, कटहर आदि रुखहरु मरीच खेती को लागि उपयुक्त हुने बास्तोलाको अनुभव छ ।